bbbb44

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण एउटै मंचमा उभिने भएका छन् ।

दुई वर्ष अगाडि विभाजित यी दुई नेतालाई एउटै ठाउँमा उपस्थित गराउने काम ‘जनअधिकार अभियान नेपाल’ नामक संस्थाले आइतबार काठमाडौंमा एक बृहत अन्तक्रिया आयोजना गरेर गर्दैछ ।

शान्ति सम्झौता भएको ठीक १० वर्ष पूरा गरेको सन्दर्भमा शान्ति प्रक्रियामा कहाँ कहाँ कमजोरी भयो र देशको निकास के हुन सक्छ भन्ने विषयमा वृहत छलफल हुनेछ ।

शान्ति सम्झौताका नाममा दश वर्षे जनयुद्धका सम्पूर्ण उपलव्धिहरुलाई प्रचण्डले समाप्त पारेको बारे एउटै निचोड निकालेका यी दुई नेताको एउटै मंचको भेट निकै चाखलाग्दो हुने भएको छ ।

‘विस्तृत शान्ति सम्झौता, संविधान र राजनीतिक दिशा’ विषयक नाम दिएको अभियान नेपालको वृहत अन्तक्रियामा महासचिव विप्लव, अध्यक्ष वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशका साथै कांग्रेस नेता प्रदिप गिरि, एमाले नेता प्रदिप ज्ञवाली, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले बोल्ने छन् ।

साथै दश वर्षे जनयुद्ध कालमा शान्ति वार्ताका लागि सहजकर्ताको भूमिकामा रहेका दमननाथ ढुंगाना र पद्मरत्न तुलाधारले पनि सोही कार्यत्रममा बोल्ने भएका छन् ।

कार्यक्रम स्थल सिंहदरबारको पश्चिमतिर पर्ने रामशाहपथस्थित योगम्वर पार्टी भेन्युमा हुने भएको छ । कार्यक्रम ठीक १ बजे शुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार