Naya Shakti Nepal Coordinator Baburam Bhattarai gestures to celebrate the establishment programme of the Party at the Dasharath Stadium, in Kathmandu, on Sunday, June 12, 2016. Photo: Skanda Gautam/ THT

निकै होहल्लाबीच घोषणा गरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अन्ततः विघटनतिर जाने भएको छ ।

नयाँ शक्तिमा बौद्धिक जमातको नेतृत्व गर्ने चर्चित नेता मुमाराम खनालको परित्यागले सो पार्टीलाई ठूलो धक्का लागेकै थियो, अब झन् ठूलो धक्का लाग्ने भएको छ ।

ब्युरोक्रेसीमा लामो समय अनुभव हासिल गरेका लोकतान्त्रिक धारका नेताका रुपमा परिचित रामेश्वर खनालले अब छिट्टै नयाँ शक्ति छाड्ने भएपछि बाबुरामलाई झन् ठूलो धक्का लाग्ने भएको छ ।

बाबुरामले नाममा नयाँ शक्ति भनेपनि काममा उही पूरानो माओवादी धारलाई नै बलियो बनाउन लागिपरेको, विचारमा कुनै नयाँपन नदेखाएको भन्दै रामेश्वर खनालले पनि अब छिट्टै पार्टी परित्याग गर्ने निचोडमा पुगेको बुझिएको छ ।

केही समयअघि मुमाराम खनालले पनि यस्तै आरोप लगाउँदै नयाँ शक्ति छाडेका थिए । उनले बाबुरामले पूर्व माओवादी धारलाई नै बलियो बनाउन खोजेको आरोप लगाएका थिए ।

विश्लेषकहरुका अनुसार बाबुरामले अहिले नयाँ शक्ति जे भने पनि विचार र कार्यक्रममा कुनै नयाँ नदिएको, बरु कुनै पनि विन्दुमा माओवादी केन्द्रसँग एकता गरेर जान सक्ने योजना बनाएको मुमाराम खनालले हालै एक अन्तर्वातामा व्यक्त गरेका छन् ।

naya-shakti333

‘स्वतन्त्र रुपमा बाबुरामजीको नयाँ शक्तिको कुनै भविष्य छैन । उहाँहरुले जुन अभ्यास गरिरहनु भएको छ, त्यो प्रचण्ड माओवादीको अभ्यास नै हो ।’ खनालले रातोपाटीसँगको वार्तामा भनेका छन्, ‘म दोह्रयाएर भन्छु नयाँ शक्ति र माओवादी केन्द्रबीच एकता हुन्छ ।’

बाबुरामले विचार र कार्यक्रममा कुनै नयाँ नदिएछि नयाँ शक्तिलाई धेरैले माओवादी केन्द्रको अर्को शाखा पार्टीको रुपमा बुझ्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार