एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाली यु–२३ टोलीले बंगलादेशको यु–२३ टोलीलाई १-० गोलले हराएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि कप्तान बिमल घर्तिमगरले गोल गर्दै विजयी बनाएका हुन्।

खेलको २० औं मिनेटमा अन्जल बिष्टले दिएको क्रश पासलाई बिमलले गोलमा परिणत गरेका हुन्।

खेलमा दुबै टोलीले केही राम्रा गोल गर्ने अवसर गुमाएका थिए।

समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार