मुहार किन मलिन देख्छु –
सपना साट्यौ कि ?
दोधार देख्छु
दोमन देख्छु
च्यातियौ फाट्यौ कि ?
भन न कमरेड !
नढाँटी भन
के भयो तिमीलाई
जिन्दगीभरि थुकेको थुक
आफैंले चाट्यौ कि ?
मृत्युको कुरा वारम्वार गर्छौ
के सोच्न थाल्यौ र ?
हाम्फाल्न आँट्यौ भूमरीमा कि
झुण्डिन आँट्यौ कि ?
नैरास्य देख्छु
अभियुक्त झैं गलेछौ
फतक्कै ढाँटको
किर्ती रचना गर्न
आफैंलाई ढाँट्यौ कि ?
२०७४|१०|०४, ढल्को

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार