खुल्नेछ क्षितिज
र, झुल्किनेछ जरुर
क्षितिजपारीको घाम
फाट्नेछ भुईंकुहिरो
र, हट्नेछ जरुर
अन्धकारको याम
प्रियजन,
अहिलेलाई यत्ति भन्छु ।

भन्थे,
ब्याकुलमय हुन्छ
प्रतिक्षाको घडी
तपस्या हो यो
तपस्वीहरु मात्र पुग्न सक्छन्
क्षितिजपारीको घामसम्म ।

जारी नै छ अनवरत
यो युगको तपस्या
घामका सन्तानहरुको ।

मानव जातिको यो महान् उत्सवमा
थकानका सुस्केरासंगै
सुस्ताउलान् कोही देउरालीहरुमा
काँतर तर्कनासंगै
हराउलान् कोही भञ्ज्याङहरुमा
केही फरक पर्दैन
घामका सन्तानहरुलाई ।

लेखक एवं कवि समीर

प्रियजनहरु,
हुनु पर्दैन निराश
र, खानु हँुदैन हरेश
जारी नै छ तपस्या,
यसबेला
तपस्वीहरुको लागि
सामलको अभाब
र, खजानाको खाँचो
बुझिदिनु पनि तपस्या हुन्छ,
एक फाँकी सातु
भुटेको मकै
र, सेरोफेरोको सूचना
जतनकासाथ
साँचिदिनु पनि तपस्या नै हुन्छ ।

प्रियजन,
अहिलेलाई यत्ति भन्छु ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार