मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका बारेमा सूचित गर्न सक्ने प्रश्नहरू सोधिने गर्छन् । अधिकांश अवस्थामा कुनै निश्चित जवाफ छैन । तर, पर्याप्त जानकारीका साथ अर्थव्यवस्था, बजार र प्रविधिका सन्दर्भमा जसले पनि बुझ्न सक्छ र उचित अनुमान लगाउन सक्छ ।

विकसित संसारमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी राजनीतिक विच्छेदन, ध्रुवीकरण र तनावका साथ धेरै अर्थतन्त्रले वृद्धिको तीव्रतालाई अनुभव गरेसँगै सन् २०१७ को वर्ष सम्भवतः विपरीत अवधिका रूपमा सम्झना हुनेछ । राजनीति र शक्तिहरूलाई लामो अवधि केन्द्रबाहिर राख्न आर्थिक प्रदर्शनले प्रतिरक्षाको काम गर्नेछ भन्न सकिन्न । यद्यपि अहिलेसम्म बजार र अर्थतन्त्रहरूले राजनीतिक अशान्तिलाई बन्द गरेको पाइन्छ र पर्याप्त अल्पकालीन शङ्काका जोखिमहरू अपेक्षाकृत साना देखिन्छन् ।

अहिले अराजक र विभाजित ब्रेक्जिट प्रक्रियाको सामना गरिरहेको बेलायत यसको अपवाद हो । युरोपका अन्य स्थानमा जर्मनीका अत्यन्त कमजोर चान्सलर एन्जेला मर्केलले गठबन्धन सरकार गठन गर्न सङ्घर्ष गर्नुपरेको छ । यो बेलायत वा बाँकी युरोपका लागि राम्रो होइन । युरोपेली युनियनको सुधारका लागि फ्रान्स र जर्मनीसँगै मिलेर काम गर्नुपर्ने अवस्थामा यो हुनु राम्रो होइन ।

एउटा सम्भावित झट्का भनेको मौद्रिक कडाइसँग सम्बन्धित विषयले सबैभन्दा धेरै ध्यान आकर्षित गरेको छ । विकसित विश्वमा आर्थिक प्रदर्शन सुधार गर्न आक्रामक समायोजित मौद्रिक नीतिको क्रमिक रूपान्तरणले सम्पत्ति मूल्यमा मुख्य आकर्षण वा चिन्ताको विषय हुने सम्भावना कमै छ । सम्भवतः बजार मूल्यहरूलाई वैधता प्रदान गर्ने आर्थिक आधारहरू दीर्घ प्रतीक्षित एकाग्रताको पहुँचभित्रै छ ।

एसियामा चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा छन् । यसबाट असन्तुलनको प्रभावकारी व्यवस्थापन, अधिक उपभोग र नवप्रवर्तनले अघि बढाउने वृद्धिको अपेक्षा गर्न सकिन्छ । भारतले पनि आफ्नो वृद्धि र सुधारको गतिलाई कायमै राख्न सकेको प्रतीत हुन्छ । जसै यी अर्थतन्त्रहरू बढ्छन्, यस क्षेत्र र सोभन्दा बाहिरका अर्थतन्त्रहरू पनि बढ्नेछन् ।

जब प्रविधिको कुरा आउँछ (विशेष गरेर डिजिटल प्रविधि), चीन र अमेरिकाले आगामी वर्षहरूमा यसमा प्रभुत्व जमाउने देखिन्छ । उनीहरूले आधारभूत अनुसन्धानमा लगानीलाई निरन्तरता दिएका छन् । जब नवआविष्कारहरू व्यावसायिक बन्छन्, अधिक फाइदाहरू एकत्रित हुने गर्छ । यी दुई मुलुक आर्थिक तथा सामाजिक अन्तक्र्रियाका लागि मुख्य प्लेटफर्म पनि हुन् । यिनीहरूले सूचनासम्बन्धी खाडललाई पुरेर सञ्जाल प्रभावहरूबाट लाभ उठाउँछ र सम्भवतः सबैभन्दा महŒवपूर्ण मूल्यवान् डाटाहरूको ठूलो स्थितिको प्रयोग र सिर्जना गरी कृत्रिम बौद्धिक क्षमता र प्रयोगलाई बढाउँछन् ।

त्यस्ता प्लेटफर्महरू आपैmँमा आकर्षक मात्र छैनन्, तिनीहरूले आपूm वरिपरि र बाहिर नयाँ व्यापारिक मोडल सञ्चालनका लागि विज्ञापन, सही सहयोग र वित्तसँग सम्बन्धित होस्टहरूको उत्पादन गर्छन् । युरोपली युनियनजस्ता अर्थतन्त्रहरूसँग त्यस्ता प्लेटफर्महरूको कमीले उनीहरू बेफाइदामा छन् । ल्याटिन अमेरिकासँग पनि एउटा ठूलो नव आविष्कार घरेलु ई–कमर्स खेलाडी तथा डिजिटल भुक्तानी प्रणाली छ ।

मोबाइल अनलाइन भुक्तानी प्रणालीमा चीन अग्रपङ्क्तिमा छ । चीनको अधिकांश जनसंख्या प्रत्यक्ष नगदबाट चेक र क्रेडिट कार्डलाई त्याग्दै मोबाइल अनलाइन भुक्तानीमा रूपान्तरित भएसँगै चीनको भुक्तानी प्रणालीहरू बलिया भएका छन् ।

यसै महिनाको सुरुमा ‘सिंगल डे’ का दिनमा मात्र चीनको अग्रणी अनलाइन भुक्तानी प्लेटफर्म अलिपेले मजबुत क्लाउड कम्प्युटिङ कलाको प्रयोग गरेर प्रतिसेकेन्ड २ लाख ५६ हजार भुक्तानीको प्रशोधन गरेको थियो । यो संसारको सबैभन्दा ठूलो खरिद घटना हो । अलिपे प्लेटफर्ममा सम्पत्ति व्यवस्थापन र बिमादेखि क्रेडिट मूल्याङ्कनसम्म विस्तारित वित्तीय सेवाहरूको प्रभावकारी क्षेत्र छ । साथै, साझेदारीको माध्यमबाट अन्य एसियाली मुलुकहरूमा पनि यसको विस्तार राम्रोसँग भएको छ ।

आगामी वर्षहरूमा विकसित तथा विकासशील अर्थव्यवस्थाहरूले अझ बढी समावेशी विकास ढाँचातिर बढ्न कडा परिश्रम गर्नुपर्नेछ । यहाँ, म त्यस्तो आशा गर्छु कि राष्ट्रिय सरकारहरूले व्यवसायहरू, उप–राष्ट्रिय सरकार, श्रम सङ्गठन र शैक्षिक तथा गैरसरकारी संस्थाहरूको गतिशील प्रगतिमा सहयोग गर्न सक्छन् । विशेष गरेर उनीहरूबाट राजनीतिक संस्थापनविरुद्धको आलोचनाले प्रताडित भएका स्थानमा सहयोग हुन सक्छ ।

अटोमेसन स्थिर बनाइएको छ र अझ छिटो बनाउँदा निर्माण र रसददेखि औषधि र कानुनसम्मका क्षेत्रमा श्रम बजारको माग पक्षमा परिवर्तन हुन्छ, जबकि आपूर्ति पक्षले अधिक सुस्ती देखाउनेछ । परिणामतः संरचनात्मक संक्रमणमा कामदारले बलियो समर्थन प्राप्त (आम्दानी समर्थन र पुनः प्रयासका विकल्पहरूको रूपमा) गरे भने श्रम बजारमा बेमेलको सम्भावना बढ्दै जान्छ, तीव्र असमानता हुन्छ र थप राजनीतिक र सामाजिक ध्रुवीकरणमा योगदान पुग्छ ।

यद्यपि सावधानीपूर्वक आशावादी हुनुपर्ने कारणहरू पनि छन् । सुरुवात गर्नेहरूका लागि तुलनात्मक रूपमा खुला विश्व अर्थतन्त्र कायम राख्ने विकसित र उदाउँदा अर्थतन्त्रहरूमा व्यापक सहमति रहेको छ । यसमा उल्लेखनीय अपवाद अमेरिका हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन वास्तवमा अन्तर्राष्ट्रिय सहयोगबाट फिर्ता हुन चाहन्छ वा अमेरिकाका लागि अधिक अनुकूलन हुने गरी यसअघि सहमत भएको अवस्थाबाट सामान्य परिवर्तन गर्न चाहन्छ भन्ने स्पष्ट भएको छैन । कम्तीमा अहिलेका लागि के कुरा स्पष्ट छ भने आन्तरिक सम्बन्धको उचित व्यवस्थापनका लागि बढ्दो नियममा आधारित विश्वव्यापी प्रणालीको प्रमुख प्रायोजक र कल्पानाकारका रूपमा सेवा गर्ने मुलुकमा अमेरिका गणना हुन सक्तैन ।

परिस्थिति जलवायु परिवर्तन कम गर्ने सन्दर्भसँग समान छ । पेरिस जलवायु सम्झौतासँग प्रतिबद्ध नहुने मुलुक अहिले अमेरिका मात्र छ, जुन सम्झौता ट्रम्प प्रशासनको बेवास्ताका बीच पनि सम्पन्न भएको छ । यहाँसम्म कि अमेरिकाभित्र सहर, प्रान्त र व्यवसायहरूका साथै नागरिक सङ्गठनको एक आयोजकले समेत सङ्घीय सरकारले नटेरे पनि अमेरिकाको जलवायुका दायित्वहरू पूरा गर्ने विश्वसनीय प्रतिबद्धतालाई सङ्केत गरेका छन् ।

कोइलामाथिको निर्भरता अभैm कायमै रहेकाले संसारले जलवायु परिवर्तनको अझै लामो बाटो हिँड्नुपर्नेछ । फाइनान्सियल टाइम्सका अनुसार अहिले र त्यसपछिको बीचको सामान्य वृद्धिसँगै भारतमा करिब १० वर्षसम्म कोइलाको उच्च माग हुनेछ । हरित ऊर्जामा अधिक तीव्रताका साथ मूल्य गिरावट आइरहे पनि विश्व अझै कार्बनडाइअक्साइड उत्सर्जनको नकारात्मक वृद्धिबाट धेरै वर्ष टाढा छ । अझै पनि यसमा सकारात्मक परिवर्तनको सम्भावना देखिन्छ ।

यी सबै अवस्थाले विश्व अर्थव्यवस्थाले आगामी महिना र वर्षहरूमा गम्भीर चुनौतीहरूको सामना गर्नेछ भन्ने देखाउँछ । साथै, पृष्ठभूमिमा रहेको खतरा भनेको ऋणको पहाड हो, जसले अस्थिरता खडा गर्न बजारलाई चिन्तित बनाउँछ र प्रणालीको कमजोरीलाई बढाउँछ । यद्यपि अल्पावधिमा आधारभूत परिदृश्य एउटा निरन्तरताका रूपमा मात्र देखिनेछ ।

क्षितिजमा बिना कुनै स्पष्ट आश्वासनसँगै विशेष गरी विकसित मुलुकहरूमा नोकरी, आम्दानी, राजनीतिक र सामाजिक ध्रुवीकरणको ढाँचामा अचानक कुनै परिवर्तन नआई आर्थिक शक्ति र प्रभाव निरन्तर पश्चिमबाट पूर्वतिर जानेछ ।

(अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त माइकल स्पेन्स न्युयोर्क विश्वविद्यालयको स्टर्न स्कुल अफ बिजनेसका प्राध्यापक हुन् ।)

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार