कालान्तरमा आएर समस्या बढ्न थाले पछि बेला बखतमा आएर नेपाली कांग्रेसमा विचलन पनि देखियो । सात सालको क्रान्ति लगत्तै पछि समस्या थिएन ।

२००७ सालको परिवर्तन लगत्तै देशमा नागरिकता ऐन बन्यो । त्यो नागरिकता ऐन मधेस प्रति काफी सकारात्मक छ । तर त्यसको ठीक १० बर्ष पछि २०१९ सालमा राजा महेन्द्रले तानाशाही गरेर जब शासन गरे, त्यो नागरिकता ऐनलाई संशोधन गरेर अवैज्ञानिक र अप्रजातान्त्रिक नागरिकता ऐन आयो । यो दुईटै ऐनको अध्ययन गर्नुस् । तपाई भन्न सक्नुहुन्छ कि २००७ सालको क्रान्तिको उपलब्धि, जनसन्देश र जनादेश जे थियो, २०१९ पछि एक तरिकाले अपहरण नै गरियो भनेर पनि भन्न सकिन्छ । २०१५ साल पछि केही प्रजातान्त्रिक लहर आएको थियो ।

केही मधेसीको प्रतिनिधित्व क्याविनेटमा पनि भएको थियो । पदहरु पनि राम्रै पाएको थियो । ती सबै १९ सालमा बदलियो । २०१९ सालमा कांग्रेस राजा महेन्द्रसँग संघर्षरत थियो । राजा महेन्द्र स्पष्ट रुपले मधेस प्रति गहिरो अविश्वास राखेर आफ्नो नीति नियम अगाडी वढाए । त्यसमा दुई तीनवटा कारण थियो । एक त तत्कालिन समयमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने कांग्रेस ‘वोर्डर वेस्ड’ थियो । भारत वेस्ड थियो । धेरै कामहरु मधेसमै हुन्थ्यो । सबै भन्दा ऐतिहासिक घटना चर्चित घटना जनकपुरमा दुर्गानन्द झाले राजा महेन्द्र माथि फालेको ‘बम काण्ड’ नै हो । राजा महेन्द्रको  प्रतिरोध मधेसले गर्यो । त्यसैले राजा महेन्द्र्र पनि मधेस र मधेसीको विरोधी भएर निस्किए ।

मधेस भुगोल र मधेसी समुदाय दुवै प्रति राजा महेन्द्र अनुदार थिए । भुगोल केही हदसम्म किन भने यो भुगोल भारतको बोर्डर सँग टाँसिएको छ, सारा अखबार पत्रपत्रिका भारतको मान्छेले पढ्थे । भारत एउटा सवल प्रजातान्त्रिक देश थियो । त्यो समयमा जवाहर लाल नेहरु भारतमा प्रधानमन्त्री थिए । र, नेहरुले प्रष्ट रुपमा भनेका थिए कि राजा महेन्द्रले प्रतिगामी कदम चालेका छन् । त्यसकारण हिन्दुस्तानसँगको निकटताका कारणले पनि खुल्ला सीमानाको कारणले मधेसमा भारतको प्रेरणा र प्रभाव परेको थियो ।

जहाँसम्म बसोवासको कुरा छ, भुगोलको कारण मधेसमा आन्दोलन गर्न पनि सजिलो थियो । बाटोघाटो नभएको अन्कन्टार ठाउँ, पहाडहरुमा आन्दोलन गर्न कठिन हुन्छ । दश जनाले पनि जुलुस निकाल्न पहाडमा गाह्रो हुन्थ्यो । जनकपुरै थियो कि महेन्द्र नारायण निधिको नेतृत्वमा २०१८ सालमा जुलुस निकालियो । त्यसैले म मधेसी समुदायलाई अबमुल्यन नागरिकन के भन्न चाहन्छु कि भुगोल र समुदाय दुवैको योगदान थियो । त्यही कारणले राजा महेन्द्र मधेससँग चिडचिढिए । मधेस प्रति अविश्वास वढ्यो । उनको पुरै शासनकाल ३० बर्ष जति मधेस विरुद्धको उदाहरणको एउटा श्रृङ्खला थियो । मधेसी पनि डराए । केही समुदाय, केही जाती लामो समय सम्म यदि उत्पीडित रहन्छ भने त्यसको आत्मविश्वासमा कमि आउँछ । कोई राजा महेन्द्रको चाकडी स्तुती गर्ने पनि निस्किए जनकपुरमै । तपाईले चिन्न सक्नु हुन्छ ।

त्यसैले म के भन्छु भने राजा महेन्द्रसँग नेपाली कांग्रेसले लड्यो । तर लड्दा लड्दै शक्तिशाली विरोधीको केही गुण र केही दुर्गुण कांग्रेसमा पनि आयो । राजा महेन्द्रले राष्ट्रवादको नाममा  काम गरेका थिए । यो कस्तो विड्म्वना छ भने वीपी कोइराला लामो इन्डिया प्रवास पछि नेपाल फर्किदा उनलाई पनि राष्ट्रवादको सहारा लिनु परेको थियो । वीपीले भन्नु भयो, म राष्ट्रिय मेलमिलापका लागि नेपाल फर्किदै छु । उहाँले भन्नु भयो, नेपालको राष्ट्रियतालाई खतरा छ । यहाँ सम्मकी खतरा दक्षिणबाट छ । त वीपी जस्तो त्यत्रो उचाई भएको नेताले पनि त्यसरी राष्ट्रियता बारे अभिव्यक्ति दिनु भनेको मेरो विचारमा त वीपीले सरेण्डर नै गर्नु भएको हो ।

लेखक गिरि ।

अहिले त्यो राष्ट्रियता र राष्ट्रवाद मधेससँग जुटेको छ । जनकपुरमा दुर्गानन्द झाको सहादत, महोत्तरीको सम्सी कन्मामा शिवचन्द्र मिश्रको सहादत, नेपाल छात्र यूवक संघ बनाएर डाम्ही मडैका सिंह परिवार अर्थात यहाँ त शहिदको लामो फेहरिस्त नै छ । ती सबै परोक्षमा परे । नेपाली कांग्रेसको इतिहास पनि परोक्षमा पर्यो । र, नेपाली कांग्रेसको मुल नेतृत्व जो थियो, त्यसमा सुरु देखि नै एउटा खास वर्गको प्रभुत्व थियो । राजनीतिमा के हुन्छ भने जुन वर्गको नेतृत्व हुन्छ आफ्नो वर्गको विरुद्धमा कुरै सुन्दैन । त्यो त्यसको दिमागमै पनि आईरहेको हुँदैन । त्यसकारण २०४७ सालमा जब नेपाली कांग्रेस सत्तामा आयो, मधेस र मधेसीलाई धेरै ठुलो आश थियो ।
तर, किशुनजी (कृष्ण प्रसाद भट्टराई) जस्तो त्यागी नेता , विद्धान र बुद्धिजिवी नेता भारतको दिल्लीमा जाँदा त्यहाँका पत्रकारहरुले जब प्रश्न गरे कि तपाईहरु मधेसीलाई सेनामा किन लिनु हुन्न, किशुनजीले के जवाफ दिनु भयो कि तपाईहरु किन लिनु हुन्न । एक प्रकारले किशुनजीको त्यो जवाफ अत्यन्तै गैरजिम्मेवार थियो । तर मधेसको राजनैतिक विकास क्रममा त्यतिबेला किशुनजीलाई त्यही लागेको थियो ।

अहिले पनि दुनियाँमा के चिन्तन छ भने केही व्यक्तिलाई मार्शल रेस भनिन्छ । अंग्रेजहरुले गोर्खा, शिख आदि जातीलाई लडाकु जाती भनेर भनेको छ । विहार र उत्तर प्रदेशका मानिसहरु जो मधेससँग समानता छ तीनलाई लडाकु मानिँदैन । यो अंग्रेजले सृजना गरेको धारणा हो । अंग्रेजसँग त्यतिबेलाको लडाईमा विहारले पनि टक्कर दिएको थियो । सन् १८५६ को विद्रोहमा विहारको आरणी कुँवर, उत्तर प्रदेशमा मंगल पाण्डे जति पनि लडाई थियो त्यतिबेला विहार र यूपीसँग मात्र थियो । साउथ इन्डियामा आन्दोलन नै थिएन । शीखहरु दास बनिसकेका थिए । ती सबै कुराहरु इतिहासमा रहिरहन्छ । त्यसैले मधेसी मार्शल रेस लडाकु जाती होइन भनेर भनियो । त्यसैले मैले अत्यन्तै श्रद्धा गर्ने किशुनजीको त्यो धारणा गलत थियो ।

नेपालमा पृथ्वीनारायण शाहले गरेको स्थापनाकाल देखि नै एउटा खास वर्ग, खास समुदाय, खास जाती नेपालमा एउटा डिस्कोर्स विमर्श नै चल्यो् कि नेपाल राज्य पृथ्वीनारायण शाहले बनाए । हामीहरुले राष्ट्रियताको रक्षा गर्यौं । भारत विरुद्ध राष्ट्रियताको रक्षा गर्यौं । कुन भारत भने पछि मुस्लमानद्वारा शासित मुगलान र व्रिटिशद्वारा शासित भारत विरुद्ध हामीले राष्ट्रियताको रक्षा गर्यौं भनेर भनियो । सुन्नमा त धेरै राम्रो लाग्छ की हामीले राष्ट्रियताको रक्षा गर्यौं , हो हामीले रक्षा गर्यौं । बाँकी सबै देशहरु गुलाम भए तर हामीले जोगायौं । तर यसको भित्र लुकेको एउटा कुरा के हो भने राष्ट्रियताको नाममा एउटा वर्ग, समुदाय, समुह नेपालका बाँकी वर्ग, समुदाय र समुह माथि शासन गर्न चाहन्छ ।  तपाईले अलिकति पनि अधिकारको कुरा गर्नुस कि तपाईलाई राष्ट्रियता विरोधीको रुपमा हेर्न थालिन्छ ।

पञ्चायतकालमा पनि त्यो कुरा थियो, त्यसकै मार्कामा मधेस परेको हो । र, मधेस जुन प्रकारले आत्मविश्वासी भए । आफ्नो संस्कृति, मान्यता, चिन्तन प्रति उदासीन भए । सिमरौनगढको भव्य इतिहास, मिथिलाको भव्य इतिहास विद्यापतिको योगदान, उनको काव्यको उपलब्धिमा मैथिली सभ्यताको उत्कर्ष  आदिको लागि मधेस वेगाना भए । मधेस पराया भए । सारा भारतको दलित जातीलाई के लाग्छ भने अंग्रेजी बोल्नुमा नै गौरव छ । अंग्रेजीको कितावको दुईवटा नाम सुझाईदियो भने धेरै ठुलो विद्वान कहलिन्छ । त्यस्तै मैथिली जाती, भाषा, संस्कृति, सभ्यतालाई नेपाली राज्यले जे सम्मान गर्नु पथर््यो, त्यो गरेन । वा भनांै मैथिलहरु आफै पनि आफ्नो पुर्वजको महान योगदान प्रति उदासीन छ । खुशीको कुरा के छ भने आन्दोलन गरेर त आईरहेको छ तर आन्दोलनको खरावी के छ भने यसमा राजनीतिक पक्षलाई वढी जोड त दिइएको छ, सांस्कृतिक पक्षलाई बेवास्ता गरिएको छ ।

नेपालीमा एउटा भनाई के छ भने ‘उम्केको माछा ठुलो’ । पुरानो नेताहरुको हामी गौरव मण्डित गर्छाैं । तर, त्यो ठीक होइन, गणेशमानजीले भन्नु भएको थियो, लोकतन्त्र आएको चाँहि बाहुन र क्षेत्रीको लागि मात्र हो । लोकतन्त्र आएको काठमाण्डौको मान्छेको लागि मात्र हो । जनजाती, मधेसीको लागि लोकतन्त्र आएकै होइन । यसको लागि मैले नेताहरुलाई दोष दिन्न । ऐतिहासिक विकास क्रममा यस्तै हुन्छ । हजारौं बर्षको पराधिनता रहे पछि यो हुन्छ नै ।

अहिलेको नेपाली कांग्रेसको नेतृत्व जो छ, नामै भन्नु पर्दा शेरबहादुर देउवाजी, रामचन्द्र जी उहाँहरुलाई मधेस आन्दोलनको स्प्रिट बुझ्नमा कम से कम संविधानको पहिलो मस्यौदा गर्ने बेला कठिनाई थियो । अहिले पनि कठिनाई छ । उहाँहरुसँग मेरो राम्रै गरी कुरा भईरहन्छ । त म के देख्छु भने उहाँहरुको राष्ट्रियताको जे परिभाषा छ, राष्ट्रियता उहाँहरुकै ठेकेदारी हो । उहाँहरुले नै राष्ट्रियतालाई जोगाउनु हुन्छ । यसरी राजा महेन्द्रलाई लाग्ने गथर््यो । यहि हो समस्या । यसको प्रतिरोधमा अर्को धु्रव के आयो भने मधेसलाई अलग गरेरै छाड्छौं ।

सप्तरीका जयकृष्ण गोइतजी, सिके राउतजी सम्म अर्को अतिवादको कुरा गरिरहेका छन् । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । श्रीलंकामा त्यत्रो ठुलो हिंसक शक्तिशाली संघर्ष कसरी तुहियो, त्यो बुझ्नु पर्छ । त्यसैले यो मुख्यतः नयाँ राष्ट्रको निर्माण कम से कम १ सय बर्ष सम्म त हुँदैन । किनभने भारत तल माथि गर्न चाहदैन । भारत आफै भौगोलिक सुरक्षाका लागि चिन्तित छ । त्यसैले नेपालमा केपी ओलीको पनि वढावा हुन जान्छ । यो देशलाई बचाउने जिम्मेवारी आलीकै हो कि कतिलाई लागेको छ । यो देशमा राष्ट्रियता विषयको विमर्शको अनुपस्थितिमा अभावमा भईरहेको हुनाले हाम्रो पार्टीको कतिपय नेताहरु पनि शिकार बनेका छन् ।

अब्राहम लिङ्कनलाई त जान्नु भएको छ । उहाँलाई मानिसहरुले दास मुक्ति, कालाहरुलाई अधिकार दिलाउने नेताको रुपमा चिन्छन् । इतिहासको के कुरा सत्य पनि हो भने अमेरिकामा गृहयूद्ध कालमा कालाको पक्षमा उनको भाषण छ । तर गृहयूद्ध भन्दा अघि अव्राहम लिङ्कन दास प्रथा आपत्तिजनक कुरा हो भनेर मानेका थिएनन् । अमेरिकाको सुप्रिम कोर्टले एउटा फैसला सुनायो कि दासलाई, कालालाई मतदानको अधिकार दिईने छैन । किनभने काला या दास त मार्केटमा विक्री हुन्छ । जसरी घोडा, गाई, गोरु विक्री हुन्छ । त, जुन बस्तु बजारमा विक्री योग्य छन् त्यसलाई यदि मतदान गर्ने अधिकार दियो भने धनीहरुले त उसैलाई किनेर पावरमा पुग्न सक्छन् । यस्तो किसिमको तर्क अमेरिकाको तत्कालिन सर्बोच्च अदालतले गरेको थियो । अव्राहम लिङ्कन त्यतिबेला सक्रिय थिए । त्यसको प्रतिवाद लिङ्कनले गरेनन् । घुमाउरो पारामा उनले सर्बोच्चलाई सपोर्ट नै गरे । तर  गृहयूद्ध जब वढ्यो, कालालाई उनको समर्थनको जब आवश्यकता पर्यो, फेरी लिङ्कनले आफ्नो लाईन परिवर्तन गरी कालाहरुको पक्षमा जानु भयो ।

यसरी हेर्ने हो भने आन्दोलन दौरान धेरै कुराहरु हुन्छन् । भोटको राजनीतिले धेरै असर पार्छ । बीपीले पनि राष्ट्रियताको परिचय शुरुमा एक किसिमले दिएका थिए । राजा महेन्द्रसँगको लडाईका समयमा उनी पछि हटेका थिए । प्राचीन राष्ट्रियताको परिभाषालाई बीपीले ठीक भनेका थिए । सुरुमा उनले शुत्रपात गरेको परिभाषा अत्यन्तै ठीक थियो । तर, राजा महेन्द्रसँग एडजेस्ट गर्न उनी पछि हटे ।

सन् १९७१ मा विपीले राष्ट्रियताका बारेमा लेखेका छन् जनता नै हो राष्ट्रियताको मुल, भुगोल होईन । जनता नै हो राष्ट्रियताको मुल, राजा होईन । तर पछि उनले नै भनन थाले कि राजा नरहे देश रहँदैन । राजाको स्तुती गान गाउन थाले । त्यो कुरा अहिले आएर त्यसै पनि गलत सावित

(कांग्रेस नेता गिरीसँग लोकान्तरका लागि अजय अनुरागीले केही समय पहिले जनकपुरमा गरेएको कुराकानीमा आधारित) ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार