माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । माओको पक्षमा दृढताका साथ उभिएका माथिल्लो तहका नेताहरूविरुद्ध मुद्दा लगाइयो, जेल हालियो र सांस्कृतिक क्रान्ति समर्थक थुप्रैको हत्या गरियो ।

चीनमा माअाेका अनुयायीहरू ।

विस्तारै माओ र समाजवादी निर्माण अभियानसम्बद्ध सर्वहारावादी मूल्यमाथि धावा बोलियो  । देङ सियाओपिङ,  हु याओ ब्याङ  र जियाङ जेमिनको नेतृत्वमा चालिएको कथित सुधारको यो अभियान सारमा चीनमा पुँजीवादको पुनर्स्थापना  थियो । यसलाई विश्वभरिका क्रान्तिकारीहरू र चिनियाँ माओवादीहरूले “चीनमा प्रतिक्रान्ति” को सज्ञा दिए र त्यसैअनुरूप व्यवहार गर्दै जनमत निर्माणमा सक्रियताका साथ लागे ।

चीनमा प्रतिक्रिान्ति भएपछिको सन् १९८१ पछि विधिवत रूपमै माओले स्थापित गरेका समाजवादी मूल्यका विरुद्ध जाने पार्टी निर्णय गरियो । तर समाजवाद विरोधी अभियान विरुद्ध क्रान्तिकारीहरू चुपो लागेर बसेनन् । यसै क्रममा चिनियाँ क्रान्तिकारीहरूले सन् १९८१ मा चिनियाँ कम्युनिस्ट पार्टी (माले) गठन गरे । दस्ताबेजमार्फत उनीहरूले चीनमा के भइरहेको छ भनेर सबै कुरा सार्वजनिक पनि गरे । यी दस्ताबेजहरू पछि माओवादीहरूको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी सङ्गठन (रिम) को प्रकाशन  ए वल्र्ड टु विनर आरसीपी, अमेरिकाको प्रकाशन रिभोलुस्नरी वर्करमा प्रकाशित पनि भएका थिए । यसले भूमिगत किसिमले केही समय काम पनि गर्यो  । तर चिनियाँ कम्युनिस्ट पार्टी, विरोधी सुधार विरोधी आदिआदि अभियोग लगाएर यसका सदस्यहरूलाई पक्राउ गरियो । मुद्दाका साथ जेल पठाइयो, दमन गरियो ।

पछि सन् २००८ मा चीनका क्रान्तिकारीहरूले माओवादी कम्युनिस्ट पार्टी,  चीन (एमसिपिसी) को गठन गरे । उनीहरूले सबैभन्दा पहिले चीनमा माओवादी पार्टीको आवश्यकता पर्नुको कारणको व्याख्यासहित “सम्पूर्ण चिनियाँ जनताका नाममा” अपिल जारी गरे । पछि समग्र कार्ययोजनासहित दसबुँदै घोषणापत्र पनि जारी गरे । चिनियाँ भाषामा पहिले प्रकाशित र पछि अङ्ग्रेजीमा प्रकाशित यो दसबुँदै घोषणा माओ र समाजवादी मान्यताप्रति प्रतिबद्ध वेबसाइटमा पनि प्रकाशित भयो । पछि चिनियाँ प्रतिक्रान्तिकारी सत्ताले माओ र समाजवादी मूल्यका पक्षमा उभिएका वेबसाइटहरूमाथि निगरानी बढाउँदै लग्यो ।

अहिले चीनमा माओको सैद्धान्तिक तथा वैचारिक मान्यताको पक्षमा उभिएका सही अर्थमा समाजवादको वकालत गर्ने वेबसाइटहरू बन्द गरिएका छन् । खास गरेर चिनियाँ कम्युनिस्ट पार्टीभित्र प्रभावशाली मानिने पोलिटब्युरो सदस्य र सम्भावित पार्टी महासचिव बो सिलाईलाई हु जिन्ताओ, वेन जि बाओ र सि जिपिङ गुटले भ्रष्टाचारको नक्कली काण्ड तयार पारेर सन्  २०१२ मा जेल पठाएपछि माओ र माओवादका पक्षधरहरूको गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ र माओवादका पक्षधरहरूले सञ्चालन गरेका युटोपियामाओ फ्ल्यागलगायतका सबै वेबसाइटहरू बन्द गराइएको छ ।

त्यसैले चिनियाँ माओवादी पार्टीका गतिविधिहरू खुल्ला रूपमा जानकारी पाउनु गारो छ । यहाँ सो घोषणापत्रको मूलमूल बुँदाको सारसङ्क्षेप प्रस्तुत गरिएको छ । पूरै घोषणापत्र पढ्न चाहनेका लागि यसै वेबसाइटको दस्ताबेज खण्डमा यसलाई राखिएको  छ ।

पहिलो बुँदाको शीर्षक “हामी चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी सत्ताधारी गुट र हाम्रो पार्टीमाथि गुप्त किसिमले दमन गर्ने यसको नीतिको जोडदार रूपमा भ्रत्र्सना गछौँ !” रहेको छ र यसमा भनिएको छ :

“सम्पूर्ण चिनियाँ जनताका नाममा” पर्चा वितरण गरेपछिको सत्ताधारीहरूको व्यवहारको चर्चा गरिएको छ । चीन कसरी समाजवादको बाटो त्यागेर पुँजीवादी बाटोमा गएको छ भन्दै यसमा भनिएको छ , ‘यो पुँजीवादको पुनर्स्थापनाविरुद्ध चिनियाँ सर्वहाराद्वारा गरिएको महान् क्रान्तिकारी आन्दोलनको शङ्खघोष हो, यो सत्ताधारी गद्दार संशोधनवादी गुटद्वारा जनताका विरुद्ध गरिएका अपराधहरूका विरुद्ध , संशोधनवादीहरूका नक्कली आवरण भेदन गर्न र जनतालाई शब्द र कर्म दुवै किसिमले क्रान्तिकारी लडाइँमा लागि पर्न गरिएको संचेतनाको सङ्केत थियो ।’”

दोस्रो बुँदाको शीर्षक “ जनताले हामीप्रति देखाएको सद्भाव र समर्थनप्रति हामी धन्यवाद दिन चाहन्छौँ“ छ र यसमा भनिएको छ :

“हाम्रो पार्टीको उपस्थिति र गतिविधिले सत्ताधारी गुटलाई असहज महसुस गराएको कुरामा शङ्का छैन । उनीहरू हाम्रो शक्तिलाई एकैचोटि समाप्त पार्न नसकिने तथ्यका कारण बेचैनीमा परेका छन् । तर दुस्मनको बानी नै यस्तो हुन्छ, उसले जहिले पनि क्रान्तिकारीहरूको शक्तिलाई न्यूनीकरण गर्छ,  र क्रान्तिकारी जनताको साहस र बुद्धिमतालाई गलत किसिमले मूल्याङ्कन गर्छ । साँचो कुरा के हो भने, हाम्रो पार्टी आम जनता र तल्लो तहका पार्टी कार्यकर्ताको ठूलो सङ्ख्यासित गाँसिएको छ, हाम्रो पार्टी जनताले प्रदान गरेको ऊर्जाबाट विकसित भएको छ र हाम्रो पार्टीले गहिरोसित जनतामाझ जरा गाडेको छ ।”

तेस्रो बुँदाको शीर्षक “चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी गुट चिनियाँ जनताको सबैभन्दा ठूलो दुस्मन हो भनेर हामी घोषणा गर्छौँ” हो र यसमा भनिएको छ :

“पार्टीभित्रका बुर्जुवा वर्गका प्रतिनिधिहरू, जस्तै देङ सियाओपिङ, जियाङ जेमिन र हु जिन्ताओ सबै प्रतिक्रान्तिकारी संशोधनवादीहरू हुन् । उनीहरू समाजवाद र पुँजीवादबीच घोलघाल पारेर यी दुईबीचको भिन्नता मेटाउन चाहन्छन्, तर व्यवहारमा उनीहरूले पूर्णरूपमा पुँजीवादी बाटो अँगालेका छन्, उनीहरूले योजनाबद्ध ढङ्गले बुर्जुवा अधिनायकत्व र सर्वहारा अधिनायकत्वबीचको भिन्नतालाई समाप्त पारेका छन्, व्यवहारमा  तिनीहरू पूर्णरूपमा पुँजीवादीहरू हुन् ।”

चौथो बुँदाको शीर्षक “माओवादी कम्युनिस्ट पार्टी, चीन सर्वहारा क्रान्तिकारी पार्टी हो भनेर हामी घोषणा गर्छौँ” हो र यसमा भनिएको छ :

 ”माओवादी कम्युनिस्ट पार्टी, चीन माक्र्सवाद-लेनिनवाद-माओवादले सुसज्जित सर्वहारा क्रान्तिकारी पार्टी हो,  यो माओ र माओ कालको चिनियाँ कम्युनिस्ट पार्टीको बफादार उत्तराधिकारी हो, र यो सर्वहारा वर्गको अग्रगामी तहबाट निर्मित जुझारु क्रान्तिकारी अग्रदस्ता सङ्गठन हो ।  माओवादी कम्युनिस्ट पार्टी, चीन औपचारिक रूपमा २८ नोभेम्बर २००८ मा स्थापना भएको थियो । माओवादी कम्युनिस्ट पार्टी, चीनको स्थापना चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी गुटसित पूर्णरूपमा सम्बन्ध विच्छेद गरेका युवा पुस्ताको प्रतिक हो, यो चीनमा दोस्रो समाजवादी क्रान्तिको आगमनको युगको सङ्केत हो, यो चीनमा पुँजीवादको पुनस्र्थापना विरुद्ध चिनियाँ जनताले विधिवत आरम्भ गरेको महान् क्रान्तिकारी सङ्घर्षको सङ्केत हो ।”

पाचौँ बुँदाको शीर्षक “हामी चीनमा दोस्रो समाजवादी क्रान्तिको जहाजलाई दृढताका साथ अघि बढाउनेछौँ ” हो र यसमा भनिएको छ :

“आजको चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी गुट र चिनियाँ सर्वहाराबीचको आधारभूत अन्तर्विरोध सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचको अन्तर्विरोध समान छ । यो अन्तर्विरोध समाधान गर्ने बाटो भनेको पुँजीवादको पुनसर््थापनाविरुद्ध समाजवादी क्रान्ति हो ।”

छैटौँ बुँदाको शीर्षक “चीनमा पुँजीवादको पुनर्स्थापनाविरुद्धको महान् क्रान्तिकारी आन्दोलन चिनियाँ जनताबीच अनुमोदित हुने कुरा हामी घोषणा गर्दछौँ” रहेको छ र यसमा  भनिएको छ :

“अहिलेको स्थितिमा हाम्रो पार्टी सैन्य सङ्घर्षमा भन्दा वैचारिक सङ्घर्षमा जोड दिन्छ र यही नै वस्तुवादी बुझाइ हो । सैन्य दृष्टिले हाम्रो वर्तमान योजना “दुस्मनको शक्तिबाट आफूलाई जोगाउँदै उसको कमजोरपनमाथि प्रहार गर्ने” भन्ने क्रान्तिकारी सैन्य नीतिसित मेल खान्छ । यतिखेर हाम्रा प्रयास र गतिविधिहरू मुख्यतः पुँजीवादी पुनर्स्थापनाका विरुद्ध देशभरिका जनतालाई सङ्गठित र उत्प्रेरित गर्दै महान् क्रान्तिकारी आन्दोलनमा संलग्न हुने कार्यमा केन्द्रित गरिनुपर्छ । हामीले जनतालाई सङ्गठित गर्ने र एउटै झण्डामुनि एकताबद्ध तुल्याउनु आवश्यक छ, जसबाट आम जनता स्वैच्छिक किसिमले सङ्घर्षका कार्यक्रममा सहभागी होऊन् । यसरी मात्रै हामी अर्को खुड्किलोलाई निरन्तरता दिनसक्छौँ ।”

सातौँ बुँदाको शीर्षक “चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी सत्ताधारी गुटमाथि विजय प्राप्त गर्नका लागि  माओवाद शक्तिशाली सैद्धान्तिक तथा वैचारिक हतियार हो भन्ने कुरा हामी घोषणा गर्छौँ” रहेको छ र यसमा भनिएको छ :

“माओवादद्वारा जनताको विचारलाई सशस्त्र बनाएपछि, हाम्रो सङ्घर्षले अवश्य पनि सफलता प्राप्त गर्नसक्छ, माओवादद्वारा जनताको विचारलाई सुसज्जित नपारेसम्म हाम्रा सबै क्रान्तिकारी सङ्घर्षहरू केवल देखावटी नारामै सीमित हुने हुन्छ र हामीले कहिल्यै सही सफलता प्राप्त गर्न सक्तैनौँ । त्यसैले हामीले जनतालाई माओवादको धारिलो हतियार दिनैपर्छ, र चीनको हरेक क्षेत्रमा सत्ताधारी गुटको बारे सत्यको जनताका बीच प्रचारप्रसार गर्न सबै किसिमका उपायहरूको प्रयोग गर्नुपर्छ । सत्ताधारी गुटका विरुद्ध आन्दोलनलाई समग्रता र व्यापक बनाउँदै त्यसलाई निरन्तर नेतृत्व प्रदान गर्नेछौँ ।”

आठौँ बुँदाको शीर्षक “सर्वहारा वर्गको महान् क्रान्तिकारी आन्दोलनको बाटो खोल्न सकियोस् भनेर वामपन्थीहरूबीच विद्यमान सबै गलत विचार हटाउने छौँ भनेर हामी  घोषणा गर्र्छौँ” रहेको छ र यसमा भनिएको छ :

गद्दार संशोधनवादी सत्ताधारी वर्ग र नोकरसाही पुँजीवादबीचको सम्बन्ध कारण र असरबीचको सम्बन्ध हो । “कारण” समाधान गरियो भने “असर” आफैँ समाधान हुनेछ । “कारण”बारे सही ज्ञान छैन भने “असर”  समाधान गर्ने उपाय छैन । कारणको जाँचपडताल नगरी  खालि सोझै “असर” को मात्रै कुरा गर्छौँ भनेँ, हामी समस्याको डोरी कहाँ गएर जोडिएको छ भनेर पत्ता लगाउन सक्तैनौँ र वस्तुको विकासको वस्तुगत नियमअनुसार हामी काम गरिरहेका छैनौँ भन्ने हुन्छ । त्यसैले, संशोधनवादको शासनअन्तर्गतको क्रान्तिकारी सैद्धान्तिक सङ्घर्षको महत्वलाई बेवास्ता गर्नु बेठीक हुन्छ र यो माक्र्सवादको क्रान्तिकारी द्वन्द्ववादको गम्भीर उल्लङ्घन हो ।”

नऔँ बुँदाको शीर्षक “चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी सत्ताधारी गुट अवश्य फालिनेछ भनेर हामी घोषणा गर्छौँ”रहेको छ र यसमा भनिएको छ :

“पुँजीवादी पुनर्स्थापनाका विरुद्धको महान् क्रान्तिकारी परिस्थिति जति विकसित हुँदैजान्छ, संशोधनवादी सत्ताधारी गुटभित्रको आन्तरिक अन्तद्र्वन्द्वमा पनि विस्तारै परिवर्तन हुन्छ । बाह्य पक्षका कारण भएको यस किसिमको परिवर्तनको विस्तारै असर देखिन थाल्नेछ । क्रान्तिको हावा सेनाका ब्यारेकमा पनि वहन थालेको हुनेछ र चेतनाको उठानले सेनामा पनि प्रभाव पर्नेछ ।”

दसौँ बुँदाको शीर्षक “माओवादी कम्युनिस्ट पार्टी, चीनको आधारभूत राजनीतिक कार्यक्रम” रहेको छ र सत्तामा रहेका पुँजीपन्थीहरूलाई घोक्रेठ्याक लगाएपछि आम जनताका लागि हामी सबैभन्दा पहिले के के कार्यक्रम गर्छौं भनेर पछिका जनमुखी योजनाहरूको २० वटा बुँदामा चर्चा गरिएको छ । जस्तो भनिएको छ :

“हामीहरू पुँजीवादको बाटोमा लागेका  हरेक सानाठूला तथा भ्रष्ट नोकरसाहहरूलाई हटाउँनेछौँ । गद्दार संशोधनवादी सत्ताधारी गुटले चिनियाँ जनतामाथि  लादेको पुँजीवादी संविधान र नियमकानुन खारेज गर्नेछौँ । हामी जनसहभागितामूलक जनपरिषद् गठन गर्नेछौँ, जसबाट हरेक नागरिकले राज्य, सेना, सरकारको व्यवस्थापकीय कार्यमा सहभागिता जनाउन पाउँछ, यसबाट जनता मुलुकको सच्चा साशक हुने सुनिश्चितता कायम हुन्छ ।”

(दसबुँदे घोषणापत्रको पूर्ण पाठका लागि यसै वेबसाइटको ‘दस्ताबेज’ खण्ड क्लिक गर्नुहोस् l)
००० जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार