रोल्पा जेलबाङ्गका सहिद परिवार मंगले बुढा एक प्रतिनिधि पात्र हुन् । उनको जीवनले केही गम्भीर प्रश्न खडा गरेको छ र वास्तविक तथ्यको उजागर गरेको छ । जो निम्न बुदामा चर्चा गर्न आवस्यक छ ।

१) नेपालको शान्ति प्रक्रिया पूर्णत असफल भएको छ र उनकाे  जीवन त्यो असफलताको ठोस प्रमाण हो । शान्ति प्रक्रिया सफल भयो भन्नू पूर्णत बकवास हो ।

२) नेपालको शान्ति प्रक्रियामा कम्युनिस्ट विचार र क्रान्तिको नाममा प्रयोग भएको कम्युनिस्ट विरोधी विचार र प्रतिक्रान्तिको ठोस प्रमाण हो- मंगले बुढाको जीवन । हो, यही परिणामलाई देखाएर कम्युनिस्ट विचार र क्रान्तिमाथि आक्रमण भैरहेको छ । जो सम्पुर्ण रुपले गलत छ र यस्को प्रतिवाद गर्न आवश्यक छ ।

३) प्रचण्डको नेतृत्वमा नेपालमा कम्युनिस्ट क्रान्ति असफल भएपछि साम्राज्यवादीद्वारा कम्युनिस्ट विचार र क्रान्तिमाथि तीब्र रूपमा चौतर्फी भीषण हमला भैरहेको छ र यस्को उदेश्य कम्युनिस्ट विचार र क्रान्ति प्रतिघृणा जगाउनु हो, यही मिसन सफल पार्न मंगले बुढाजस्ता सहिद परिवारलाई पहिले अबोध दयाका पात्र बनाइयो र पछि त्यो रूपमा संसारभर प्रस्तुत गरियो ।

४) अहिले साम्राज्यवादले कम्युनिस्ट विचार र क्रान्तिमाथि गरिरहेको आक्रमणको अग्रमोर्चामा माकेको नेतृत्व रहेको छ अनन्त र ओनसरीको उपस्थित त्यसैको ठोस प्रमाण हो ।

५) कार्यक्रम प्रस्तोता बीबीसीकी पत्रकार विद्या, माअाेवादी केन्द्रका नेता अनन्त र ओनसरीको नियत खराब छैन होला तर उनकाे निर्देशक विचार भनेको कम्युनिस्ट विचार र क्रान्तिको नाममा प्रयोग भएको संशाेधनवादी र आत्मसमर्पणवादी विचार र प्रतिक्रान्तिको परिणामलाई देखाएर वास्तविक कम्युनिस्ट विचार र क्रान्तिमाथि प्रश्न गर्नुका साथै बदनाम गरेर गलत साबित गर्ने हो ।

६) भावनात्मक रूपमा ओनसरीको आँसु र अनन्तको माफी मगाई न्युनतम मानविय र स्वभाविक कुरा हो तर सैद्धान्तिक र वैचारिक रूपमा आफ्नो भोटको रक्षा र आफुले गरेको अपराधबाट जोगिन गरिएको असफल नाटक मात्रै हो ।

सबैलाई चेतना भया ।

यो अलि कडा टिप्पणी सैद्धान्तिक हो, प्रतिशोध हैन भनेर बुझ्न रोल्पाको मंगले र ती जस्तै नेपाल भरिका अरु थुप्रै योद्धाहरुको परिवारको जीवन र अनन्त/ ओनसरी र उन्का आफन्तको जीवन तुलना गरेर हेर्नुहोस् र तर्क गर्नुहोस् ।

महान् सहिद बुवा मंगले बुढाको छोराको सपना पूरा भएको छैन । हामी ती सहिदका अधुरा सपनाहरू पूरा गर्न एकीकृत जनक्रान्तिमा अगाडि बढेका छौ । जुन दिन एकीकृत जनक्रान्ति सफल हुनेछ त्यो दिन मंगले बुढा एकादेशका अबोध दयाका पात्र हुने छैनन् । बरु देश र समाजका सम्मानित अभिभावक हुनेछन् र उनी छोराको मृत्युको मुल्यप्रति अनभिज्ञ हुने छैनन् ।

लाल सलाम- सहिद परिवार मंगल बुढा र उनकाे परिवारलाई ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार