दश वर्षे जनयुद्ध लड्दा तत्कालीन माओवादीले भनेको थियो, राजतन्त्रात्मक संसदीय व्यवस्था खारेज गरेर नौलो जनवादी व्यवस्था निर्माण गर्ने ।

तर कालान्तरमा भयो अर्कै । संसदीय व्यवस्थालाई फाल्न भनेर लडेका प्रचण्ड, बाबुराहरु अहिले घुमीफिरी संसदीय व्यवस्थामा फर्के ।

जसका कारण जनयुद्धको बलमा संसदमा पुगेका माओवादी केन्द्रका धेरै नेता र कार्यकर्ताहरुको जीवनमा गुणात्मक परिवर्तन आयो तर जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन ।

त्यसको ज्वलन्त उदाहरण रोल्पामा हालै बीबीसीले गरेको एक स्थलगत रिपोर्टमा रोल्पामा जनयुद्धका सहिदपरिवारको पारिवारिक जीवन हेर्दा त्यस्तो देखियो ।

रोल्पाको जेल्वानमा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीलाई सहिद परिवारसँग प्रत्यक्ष संवाद गराउने काम गरेको थियो बीबीसीले ।

जहाँ सहिदका बुबा आमाको दयनीय अवस्था देख्दा ओनसरी घर्तीले आँशुसमेत खसालिन्। वास्तवमा रोल्पामा जनताको जीवनस्तर कस्तो छ भन्नेबारे बाँकी दृश्य ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार