पहाडको टाँकुरामा अवस्थित । गजधम्म भएर बसेको । चिसो हावा चल्ने । सफा र सुन्दर घरहरु । स्पष्ट नेपाली भाषा बोल्ने । अनि नेपाली संस्कृति पनि मान्ने ।

यही हो आजको सिक्किमको राजधानी गान्तोकको वास्तविक परिचय ।

libang1

सदरमुकाम लिवाङ

तर भारतको एक स्वशासित प्रान्त । कुनैबेला स्वतन्त्र र अलग सार्वभौम मुलुक रहेको सिक्किम सन् १९७५ मा भारतमा गाँभिएपछि उसको अलग पहिचान गुम्न पुग्यो ।

सिक्किमका तत्कालीन नेता लेन्डुप दोर्जेले सिक्मिमलाई भारतमा गाँभ्न ठूलो भूमिका खेलेको आरोप लाग्ने गर्छ । जेहोस् सिक्किमको हिजोको इतिहास आफ्नो ठाउँमा छ ।

एक वर्षअघि त्यही ठाउँ सिक्किम जाने अवसर मिलेको थियो । छोटो समयको भ्रमणपछि सिक्किमलाई थोरै हदसम्म हेर्ने र बुझ्ने मौका मिलेको थियो । माथि चर्चा गरेजस्तै सिक्किम बास्तवमा निकै सुन्दर र सफा थियो ।

घरहरु निकै पूराना । मान्छेहरुको जीवनस्तर त्यति ठूलो परिवर्तन नदेखिने तर पर्यटकीय र भारत केन्द्र सरकारको आर्थिक सहयोगले सिक्किमका केही भौतिक पूर्वाधारको विकासमा मद्धत मिलेपनि सिक्किमको पहिचान भनेको सफा र सुन्दर बस्ती हो । त्यही गएर अवलोकन गर्दा सिक्किमको वास्तविक चित्र देख्न पाइयो ।

sikkim-1

उस्तै लिवाङजस्तै देखिने सिक्किम

सिक्किम स्थानीय र बाहय् पर्यटकहरुको आकर्षणको केन्द्र बन्नुमा के हो मुख्य कारण भन्नेबारे यस पंक्तिकारले सिक्किमका एक गाडीचालकसँग बुभु्दा उनले यहाँको मुख्य आकर्षण भनेको सफा र सुन्दर ठाउँ रहेको बताएका थिए ।

बाटाहरु पूर्णरुपले सफा थिए । कतै पनि बाटामा फोहर फाल्न नपाइने । कसैले बाटामा फोहरहरु फालेमा स्थानीयहरुले नै त्यसको खबरदारी गर्ने रहेछन् ।
यसरी सिक्किम सफा र सुन्दर देखिने मुख्य कारण रहेछ ।

यसपटक रोल्पा सदरमुकाम लिवाङ पुगेर लिवाङलाई क्यामारामा कैद गर्दा मलाई यो ठाउँका दृष्यहरु सिक्किमजस्तै लाग्यो । उस्तै उस्तै भूगोल । हावापानी पनि झण्डै उस्तै लाग्ने ।

बेलुकीपख लिवाङदेखि यता जलजला क्याम्पसबाट लिवाङ बजारलाई अवलोकन गर्दा मलाई सिक्किमभन्दा कुनै पनि मानेमा कम लागेन यो सदरमुकाम ।

सोनी मोवाइलको क्यामेराबाट धेरैपटक लिवाङ बजारको तस्बिर खिचियो । पछि खिचेर हेर्दा त निकै रमाइलो अनुभूति भयो । जति हेर्यो, उति हेरौ हेरौं लाग्ने । ठीक एक वर्षअघिको सिक्किम घुम्दाको चित्र आयो ।

libang2

सिक्किमजस्तै लाग्ने लिवाङ

वास्तवमा लिवाङलाई सिक्किमजस्तै बनाउन सकिन्छ । तर त्यसका लागि लिवाङमा बस्ने नागरिक, नागरिक समाज र राजनीतिक दलका नेता र सम्वन्धित सरोकारवालाहरु एकजुट भएर जाने हो लिवाङलाई अर्को सिक्किमजस्तै बनाउन सकिन्छ ।

रोल्पा आफैमा जनयुद्धका नामले पनि चर्चित छ । जसले विश्वको ध्यान खिचेको छ । रोल्पालाई अझ ‘गुरिल्ला टुरिष्ट जोन’का रुपमा पनि विकास गर्न सके यसले पर्यटकीय क्षेत्रमा झन् ठूलो प्रगति मार्ने प्रवल संभावना छ ।

तर त्यसका लागि रोल्पाका सबै बासिन्दा र त्यसमा पनि लिवाङबासीहरुको पहल र जिम्मेबारी महत्वपूर्ण हुनेछ ।

मुख्यत लिवाङका वासिन्दाहरुले लिवाङलाई सफा र सुन्दर बनाउन आ–आफ्नो ठाउँबाट अनुशासनको कडा नियम बनाएर जान सके लिवाङलाई दोस्रो सिक्किमजस्तै बनाउन सकिन्छ ।

भौतिक पूर्वाधारको विकासमा राज्यको ध्यान केन्द्रीत गर्न राजनीतिक दलका नेताहरुले केन्द्र सरकार र दाताहरुलाई तान्न सके झन् लिवाङलाई भौतिक पूर्वाधारका हिसावले पनि उस्तै सिक्किम बनाउन सकिनेछ ।

skkim-2

पहाडै पहाडले घेरिएकाे सिक्किम

libang3

लिवाङकाे सुन्दुर तस्बिर

रोल्पाबाट फर्केपछि ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार