आउन त जहाज नै चढी आए बाबा !
नरुनु बाकसमा सडी आए बाबा !!
न खाइ न लाइ जन्माएर हुर्कायौ !
कहील्यै नउठ्ने गरी लडेर आए बाबा !!
सपना र चाहाना सब खरानी भयो !
बाकस भित्र गुम्सिएर नेपाल आए बाबा !!
आउन त जहाज नै चढीआए बाबा !
नरुनु बाकसमा सडि आए बाबा !!

माथि उल्लेखित हरफले छर्लंग पार्छ कि नेपाली दाजु भाइको बिदेशी घटना कति अप्रिय हुदो रहेछ । प्रतेक दिन त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल बाट काठ का ६ फिटे बाकस भित्र पारशल गरेर आउने ति मान्छे हुन् या कुनै सामान रु ल्याउदा कति समय लाग्छ प्रक्रिया के हो रु पिडित परिवारको सदस्य बाहेक अरुलाई बिरलै अवगत होला यहि बिषयमा निर्माण भएको छ लघु चलचित्र सामान ।
लघु चलचित्र सामानू को बिषय (बस्तुको सरोकार समस्त देश ( विदेशमा रहेका नेपालीहरु हून १ तेती मात्र होइन यो विश्व कै एक दमित आवाज हो जसलाई संयुक्त रास्ट्र संघ जस्ता मानव अधिकारबादी संगठनहरुले सम्बोधन गर्न बाँकी छ १
लघु चलचित्र “सामान”को पोस्ट प्रोडक्सन काम सकिएर अब प्रदर्शनको तयारीमा छ ।

बिगत ३० बर्ष देखि रंगमनचमा सक्रिय नाट्य संस्था रंगसारथीको प्रस्तुतिमा निर्माण भएको उक्त चलचित्रलाई नाट्य निर्देशक विजय बिष्फोटले निर्देशन गरेका छन् भने कथा पनि स्वयम् बिष्फोट कै रहेको छ । चलचित्र “सामान “मानव अधिकारको बिषयलाइ लिएर निर्माण भएको छ । लघु चलचित्र ” सामान ” मा कलाकार यस।बि। शाही,ज्योति राइ ,सरिता शाह ,शंकर मैनाली ,रोहानी लामा ,दिलिप खडका , राज भट्टराई ,सरस्वती अधिकारि,कृष्ण शर्मा ,नरेश भुर्तेल आदिले अभिनय गरेका छन्  ।
अभिनित सबै कलाकार थियटर पृष्ठभूमिकै रहेका छन् । चलचित्र “सामान” कमर्सियल मुभी नभएर आर्ट मुभी रहेको छ भने उक्त चलचित्र लग भग १ बर्षको खोज अनुसन्धान पश्चात निर्माण गरिएको हो ।

Save

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार