रोल्पा जिल्लामा जन्मेर लामो समय देखि काठ्माडौंमा संघर्ष गर्दै आएका हरि पुन मगरले यतिबेला वियोगान्त आधुनिक गीत लिएर दर्शक श्रोता माझ आएका छन् ।
आन्तरिक असमझ्दारीका कारण मायाँमा धोका दिने कुरालाई उक्त गीतमा राम्रोसित उद्घाटन गरिएको छ ।
माथी उल्लेखित गीत नवोदित आधुनिक गायक हरि पुन मगरले गाएका हुन ।
उमेर पुगेका केटा केटीबीच अन्तरमनमा हुर्कने प्रेम र आपसी विश्वास कसरी टुक्रिएर जान्छ भन्ने उदाहरण यो गीतमा दिइएको छ ।
सागर घर्तीको शब्दमा दिपीन थापाले संगित भरेका छन् भने नवोदित गायक पुनले मिठो स्वर दिएर न्याय गरेका छन् । उनको गीत अब युटुबमा पनि हेर्न सकिनेछ ।
यस गीतमा हरि पुनले सुमधुर स्वर त दिएकै छन्, संग संगै उनले अभिनय पनि आफै गरेका छन् । अभिनयमा उनलाई सुमित्रा गुरुङ र कमान पुनले साथ दिएका छन् । गीत सुनछहरी म्युजिकले बजारमा ल्याएको छ ।
नवोदित गायक हरि पुनले आगामी दिनमा पनि नेपाली गीत संगीतको क्षेत्रमा अरु थप योगदान दिन सकुन् हाम्रोपनि शुभकामना ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार