चालु आर्थिक वर्षको पहिलो ७ महिनामा व्यापार घाटा ६६ प्रतिशतले बढेर ५ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

विभिन्न मुलुकबाट हुने आयात ६० दशमलव ८ प्रतिशतले बढेका कारण व्यापार घाटा आकासिएर ५ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म ५ खर्ब ५६ अर्ब १६ करोड रुपैयाँका वस्तु आयात गरिएका छन् ।

भारतबाट भएको आयात ८० दशमलव १, चीनबाट भएको आयात ३१ दशमलव ९ र अन्य मुलुकबाट भएको आयात ३४ दशमलव ८ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा र सिमेन्टको आयात बढेको छ ।

रासायनिक मल, औषधि र सुपारीको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ। आयात उल्लेख्य बढेकामा निर्यात भने  जम्मा १५ दशमलव २ प्रतिशतले वृद्धि भएको छ।

माघ मसान्तसम्म ४२ अर्ब १८ करोड रुपैयाँका वस्तु निर्यात गरिएका छन् । भारततर्फ १८ दशमलव २, चीनतर्फ ५४ दशमलव २ र अन्य मुलुकतर्फ ९ दशमलव ७ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा जुस, पिना, रोजिन, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर यार्न, तरकारी, अदुवा लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार भैरहवा भन्सार, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार र विराटनगर भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार