हुँदाखानेहरू, फेरि एकपटक ध्वस्त पारौँ-सिंहदरबार

हुस्सु र कुहिरोका सिरक ओढेर आकाशको छानोमुनी डङ्गुरको खाटमाथि रात गुजार्नेहरू सिमारेखामा बसेका सिमारक्षक र भोको पेटमा पटुकी कसेर हड्डी घोटिरहेका मजदुरहरू धुँवामा निसास्दिै परदेशमा पसिनाको नदी बगाइरहेका र मालिकका गोदामहरूमा अन्न कुहिंदा भोकैमर्ने कर्णालीबासीहरू यतिखेर कालापानी सुस्ता, लिपुलेकले चित्कार गरिरहेछ लुम्बिनी र सगरमाथा झस्किरहेछ सत्ताको भर्याङ...

कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा ! 

ख्यालख्यालैमा हो ख्यालख्यालैमा ! कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा !   निमुखाको झुपडीको मान्छे हुँ म भन्थ्यौ हिजो ! झुपडीमै बास थियो हो नै जस्तो बन्थ्यौ हिजो ! कति प्यारो देख्ने गर्थ्यौं तिम्ले झोला भिरेपछि ! कस्को थियौ कस्को...

दश वर्षे जनयुद्धको घटनाक्रमलाई सरल ढंगले चित्रित गरिएको ‘रोल्पा सुइना’बारे माेफसलमा चर्चा-परिचर्चा

बिर्सिने खतरामा रहेका सपनाहरुलाई सम्झाइदिने ‘रोल्पा सुइना’को गत मंगलबार घोराहीमा चर्चा गरिएको छ । कथा संग्रह ‘रोल्पा सुइना’का जन्मदाता कथाकार नवीन विभास दाङका पाठक, समीक्षकमाझ आफ्नो पछिल्लो कथाकृतिको चिरफारमा सहभागी भए । रोल्पा सुइना कथा...

नेपालमा चे ग्वेभारा

‘हामीलाई एउटा खेत एउटा देश होइन विश्व चाहिएको छ’ शुक्रबार काठमाडौंको मण्डला थिएटरमा कवितामार्फत ग्रुजिँदै थिइन् कवि निभा शाह । निभा शाहसँगै कविता सुनाउने लहरमा थिए— अभय श्रेष्ठ, हरिमाया भेटवाल, छम गुरुङ, सुशीला प्रधानांग, नवीनप्रकाश श्रेष्ठ, प्रकाश...

म पसिना

तिम्रो दरबारमा बसाउँछु म केबल मेरो सरकार गन्हाउँछु त केबल म गाउँका प्लास्टिकका पालमुनि गन्हाउँछु   तिमीले पहिरिने पहिरनमा मेरा अनेकन सुगन्धहरु छन् हुन्छु त एकमात्रै दुर्घन्ध हली, गोठाला र मजदुरहरुका च्यातिएका थाङ्नाहरुमा   मेरा सपनाहरु बेचेर रातो कार्पेटमा मेरै छातीमा कुल्चेर शान्तिका नारा लगाउछौ अचेल मेरो सरकार तिमी म भने...

रामवृक्ष यादव अर्थात् मास्टरसाहेव

रामवृक्ष यादवको सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो...

आइतेको देश कहाँ छ ?

आइतेकै रगत पसिनाले देश बन्छ, आइतेको देश कहाँ छ ? आइतेको देश सिँहदरबार भित्र छ, भनु भने, आइतेकी जोइ, मर्दा आइते कात्रो किन्न नसकेर, मुग्लान पस्यो की बागमति पस्यो, आइतेको कुनै खोजखबर सिँहदरबारको बहि खातामा छैन । आइतेको देश कहाँ छ ? आइते कि जोइ...

प्रिय अनामिका, कम्ब्याट मन पराइदेऊ !

प्रिय अनामिका, लामो समयपछि सार्वजनिक रूपमा तिम्रो नाममा लेख्दैछु । हाम्रो देश गलत नीति निर्माताको चङ्गुलमा परिरह्यो । हामी भाग्यमानी यस अर्थमा पनि रहेछौँ कि अक्षरमार्फत् हामी भावना साटासाट गर्न सक्छौँ । पछाडि फर्केर हेरौँ...

दिल साहनीको – भष्मासुर गणतन्त्र

गणतन्त्र आयो भन्छन् ठूलै चहलपहलका साथमा गणतन्त्र दिवस मनाउँछन् पनि गणतन्त्रको ठूलो हर्ष बडाइं गर्छन् पनि यताको केही बर्षदेखि उनीहरूले केही मान्छेहरूले विशिष्ट व्यक्तिहरूले विशिष्ट शक्तिहरूले यो मुलुकमा आयो होला गणतन्त्र उनको लागि उनको एउटा बर्गको लागि हृुँदा खानेको लागि होइन हुने खानेको लागि सुकुम्बासीका बस्तीमा खोई गणतन्त्र आएको गरीब...

पाब्लो नेरुदाका चार कविता

१. युनाइटेड फ्रुट कम्पनी बिगुल बज्यो जब धर्तीमा सारा बन्दोबस्त मिलाइसकिएको थियो ईश्वरले कोकाकोला, एनाकोन्डा फोर्ड मोटर्स र अन्य कम्पनीलाई बाँडिदिए यो पृथ्वी । युनाइटेड फ्रुट कम्पनीले आफ्ना लागि सुरक्षित र्गयो सबैभन्दा रसिलो मेरो देशको केन्द्रीय तट अमेरिकाको नाजुक कम्मर । यहाँको भूभागलाई कम्पनीले दियो नयाँ नाम– ‘बनाना...