काठमाडौं । कुख्यात अपराधी चाल्र्स शोभराजले यसै भनेका रहेनछन्, कि ‘काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती नै छिराउनसक्छु’ भनेर । केही दिन पहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ केजी सुन बिना रोकटोक भन्सार र इमिग्रेशन पास भएपछि सो कुराको पुष्टि भएको छ ।

व्यापक चर्चामा रहेको सो सुन भन्सार छली प्रकरणमा कुख्यात सुन माफिया भनेर चिनिएका दिपक मलहोत्रा, नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल र उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको सेटिङ भएको उच्च समाचार स्रोतले जनाएको छ ।

विगत २० वर्षदेखि सुन तस्करी तथा भन्सारमा सेटिङ धन्दा चलाउदै आएका मलहोत्राले यसअघि पनि विमानस्थलबाट सुन तस्करी गर्ने गरेका थिए । अचम्मको र रोचक कुरा के छ भने वामदेव गौतम गृहमन्त्री हुँदाका बखत मात्रै सुन तस्करीको सेटिङ गर्ने मलहोत्राको लाइन कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्री बनेका बिमलेन्द्र निधिसँग मिलेर सुन ओसार पसारमा संलग्न हुन थालेका छन् ।

त्यसो त सो प्रकरणमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, भन्सार विभागका प्रमुख राजन खनालको समेत संलग्नता रहेको सूत्रहरुको दावी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईवीले दुबईदेखि नै सुन तस्करीको जालो पत्ता लगाउन परिचालन गरिएको संयन्त्रले काठमाडौंस्थित विमानस्थलमा सुन अवतरण गरेको सूचना एक घण्टा अघि नै पाइसकेको थियो ।

सोही अनुसार पर्याप्त योजनासहित विमानस्थलमा परिचालित भएको थियो । सिआईबीलाई अब सुन पक्राउ गर्न समस्या थिएन । तर तत्कालै पक्राउ गरेन । सिआईबीले चाहेको भए सुन बोक्ने एयर अबेरियाको जहाजबाट निस्कने बित्तिकै पक्राउ गर्ने थियो । तर त्यसो नगरी उल्टै सबै कुराको सुक्ष्म निगरानी गरिरह्यो । लगेजमा सुन लिएर आएकाहरुले सेटिङमा भन्सार र इमिग्रेशन दुवै पास भए, प्रहरीको कडा चेक जाँच समेत सहजै पार भएपछि सिआईबीको टोली पछि लाग्यो र पक्राउ गरेको थियो ।

घटनाले हंगामा मच्चिएपछि भन्सार विभागमाथि सबैभन्दा दवाव सिर्जना भएको छ । घटनामा माथिल्लो तहकै संलग्नता रहेपनि घटनालाई सामान्यिकरण गर्न तल्लो तहका २९ जनालाई निलम्वन गरिएको छ । साथै एक छानविन समिति समेत बनाइएको छ । भन्सार विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभाग प्रमुख नारायण सापकोटाले जानकारी दिएका छन् । सुन छुटेको अवधिमा कार्यरत उपसचिवदेखि कार्यालय सहयोगीसम्मका २९ कर्मचारीलाई जिम्मेवारविहीन बनाइएको भन्सार विभागले पुष्टि गरेको छ ।

विमानस्थलमा तीन वटा निकायको अधिकार सम्पन्न टोली परिचालन हुने गर्दछ । सबैभन्दा अग्रभागमा  नेपाल प्रहरी जुन आईजीपी र गृहमन्त्रामालय मातहत रहेको हुन्छ । अर्को गृहमन्त्रालय मातहत नै रहने गरी इमिग्रेशन रहेको हुन्छ भने अर्को अर्थमन्त्रालय मातहतको भन्सार विभागको टोली खटिएका हुन्छन् ।

छानबिन समितिमा कुलराज ज्ञवाली, टङ्क पाण्डे, पुण्यविक्रम खड्का, श्रीलाल पौडेल सदस्य छन् । सामान्य तहका कर्मचारीको संलग्नतामा बनेको यो छानविन समितिले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, आईजीपी उपेन्द्रकान्त अर्याल र कुख्यात सुन तस्कर दीपक मलहोत्रालाई छानविन त धेरै परेको कुरा सोधपुछ गर्ने हिम्मत राख्न सक्लान ? प्रश्न चिन्ह खडा हुन पुगेको छ ।

उता, अनुसन्धान गर्ने निकाय सिआईवीमा पुगेर आईजीपी उपेन्द्रकान्त अर्यालले घटनामा माथिल्लो तहको अधिकारीहरुलाई मुछिन नदिन दवाव दिएका छन् । घटनापछि अर्यालले सिआईबीको कार्यालय महाराजगन्ज पुगेका थिए ।

Save

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार