सिन्धुपाल्चोक । नेपालका स्थानीय तहको राजनीतिक नेतृत्वमा समेत भारतीय दुताबासको चाकरी चाप्लुसी गर्ने क्रम ह्वात्तै बढेको छ । पछिल्लो पटक विकासे आयोजना माग्दै दुताबास धाउने क्रम बढेसँगै स्थानीय तहमा भारतीय राजदूतको पुजाआजा गर्ने कार्यमा वृद्धि भएको हो ।

यसै क्रममा सिन्धुपाल्चोकमा काठमाडौंस्थित भारतीय दुताबासले फट्याई गरेर एनआरएन महिलाहरुको सहयोगमा बन्न लागेको भवन भारतीय राजदूतलाई लगेर शिलान्यास गरिएको छ ।

नेपालका लागि भारतका राजदूत रणजीत रायले शनिबार सहकारी भवनको शिलान्यास गरेका थिए । बरुवाछाप महिला बहुउद्देश्यीय प्रशिक्षण सहकारी संस्थाको प्रथम साधारणसभाको अवसरमा सहकारी भवनको शनिबार एक कार्यक्रमका बीच राजदूत रायले शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै राजदूत रायले गतवर्षको भूकम्पपछि राहत वितरणमा भारत सरकारले विभिन्न सहयोग गर्दै आएको र त्यसै क्रममा बरुवा गाविसबाट विस्थापित भएर काठमाडौँमा अस्थायी शिविरमा बसोबास गर्दै आएका भूकम्पपीडितसँगको भेटघाटपछि आफूले उक्त सहकारी भवन निर्माणका लागि सहयोग गर्न आएको बताए ।

सो भवन भने अष्ट्रेलियामा रहेका नेपाली महिलाहरुले त्यहाँको खाजा खाने रकम कटाएर सहयोग गरेका थिए । भवन निर्माणका लागि अस्ट्रेलियाली महिलाहरूले १० हजार डलर सहयोग गरेको खुलेको छ । काठमाडौंस्थित भारतले एउटा बोलेरो जिप सहयोग गर्ने आश्वासनपछि चाकडी गर्न उक्त सहकारीका सदस्य शोभा योञ्जनले बताइन् ।

साउथ एसियन फाउन्डेसनका महासचिव राहुल बरुवाले भवन निर्माणका लागि सहयोग गर्ने बताउँदै निर्माणको अन्तिम चरणसम्म आर्थिक समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी सोही भवन निर्माणको लागि काठमाडौंस्थित जनता क्लवले समेत सहयोग गरेको खुलेको छ ।

तर भारतीय राजदूत लगेर शिलान्यास गरिएको सम्बन्धमा जिल्लाका अधिकांश नेता कार्यकर्ताहरु आक्रोसित बनेका छन् । स्थानीय नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहयोगमा राजदूत रेलाई बरुवा पुरयाइएको खुलेको छ । सिन्धुपाल्चो क्षेत्र नं ३ का सभापति आइतमान तामाङले कार्यक्रमबारे आफूलाई जानकारी नभएको तर महिला समुहको निमन्त्रणमा सहभागी भएको प्रतिक्रिया दिए । उनले भने, ‘कार्यक्रम गरेको नमिलेको चाही हो, राजदूत ल्याएर प्रमुख अतिथि बनाउनु हुँदैन थियो, भयो, तर यो कांग्रेसको आयोजनामा भएको कार्यक्रम होइन ।’

त्यसो त राजदूत रञ्जित रेलाई सिन्धुपाल्चोकको बरुवा पुरयाउनुमा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाकै संलग्नता देखिएको छ । कार्यक्रम तयार गर्दा नै प्रमुख अतिथि राजदूत रे र विशेष अतिथिको रुपमा पार्टीका केन्द्रीय महामन्त्री शसांक कोइरालालाई निम्त्याइएको थियो । भारतीय राजदूतलाई प्रमुख अतिथि र आफूलाई अतिथि मात्रै बनाएको खवर पाएपछि कोइराला कार्यक्रम सहभागी हुन नगएको रहस्य खुलेको छ ।

अझ रोचक कुरा त के छ भने भारतीय राजदूतलाई बरुवाछाप पुरयाएर भवन सिलान्यास गर्ने कार्यमा नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा नेपाली कांग्रेस सिन्धुका नेता तारानाथ दाहालको मुख्य संलग्नता रहेको खुलेको छ । दाहाल फ्रिडम फोरम नामक एक गैर सरकारी संस्थाका संस्थापक समेत हुन् ।

जनआन्दोलन–२ का बखत दाहालले विदेशी पैसा फ्रिडम फोरममा ल्याएर आन्दोलनको लागि परिचालन गरेका थिए । तिनै आन्दोलनकारी दाहाल अहिले भने भारतीय दुताबासको चाकडीमा लिप्त हुनुलाई सिन्धुपाल्चोकका जनताले आश्चर्यको रुपमा हेरेका छन् ।

यद्यपि कांग्रेसका नेता दाहालले भने अस्टेलियामा रहेका नेपाली महिला, काठमाडौंस्थित जनता क्लव र भारतीय दुताबासको सहयोगमा भवन बन्न लागेकोले तीन वटै संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भवन शिलान्यास गरिएको प्रतिक्रिया दिए । उनले भने  ‘तीन वटै सहयोग छ भन्ने सुनेको हो । म कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिएको र सोही अनुसार सहभागी भएको हुँ ।’

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार