४८ औं जनयुद्धको वार्षिकोत्सव मनाइरहेको फिलिपिन्सको माओवादीले जनयुद्धलाई देशव्यापी बनाउनेतिर लागिरहेको बताएको छ ।

फिलिपिन्सको सरकारसँग वार्ताका लागि युद्धविराम गरेका माओवादीहरुले सरकारले वार्ताका भरपर्दो वातावरण नबनाएको भन्दै जनयुद्धलाई नयाँ शिराबाट अगाडि बढाउने बताएका छन् ।

फिलिपिन्सको क्षेत्रीय माओवादी कमिटी अर्थात् सीपीपी रिजनल कमिटी अफ नर्थ सेन्ट्रल मिनडानाओ रिजन (एनसीएमआर)ले शुक्रबार लामो सन्देश जारी गरेर पार्टीलाई थप शुद्धीकरण गरेर जाने समेत बताएको छ ।

आफुहरुको एकतर्फी युद्धविराममार्फत गरेको वार्ताको पहललाई फिलिपिन्सको सरकारले गंभीरतापूर्वक नलिएको पनि माओवादीले गंभीर आरोप लगाएको छ ।

यही युद्धविरामको अवधिमा फिलिपिन्सको माओवादीले आफ्नो पंक्ति क्रान्तिकारी कार्यकर्ता सशस्त्र जनसेना र जनसत्तालाई समेत बलियो र सुद्धीकरण गरेको बताएको छ ।

वैचारिक र राजनीतिक कार्यसँगै आफ्नो पार्टीले आफ्नै स्कुल संचालन गरेर धेरैलाई दीक्षित र प्रशिक्षित गर्ने गरेको त्यही सन्देशमा फिलिपिन्सको माओवादीले बताउने गरेको छ ।

सन् १९५८ देखि सशस्त्र जनयुद्ध संचालन गरेको फिलिपिन्सको माओवादीले यो बीचमा पटक पटक त्यहाँका सरकारसँग वार्ता पनि गर्दै आइरहेको छ ।

तर राज्य सरकारको वार्ताबाट उपयुक्त निकासका निम्ति पहल नगरेपछि कयौं पटक वार्ता भंग पनि हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार