चर्चित स्मार्टफोन गेम पोकेमोन गोले मानिसहरुलाई निकै व्यस्त बनाइरहेको छ । धेरै मानिसहरु यो गेम खेलेर आफ्नो समय बर्बाद गरिरहेका छन् । विद्यार्थीहरुले मोबाइलमा पोकेमोन खेलेर आफ्नो पढाइ बिगारिरहेका होलान् । तर अब चिन्ता लिनु पर्दैन । अब पोकेमोन गो खेलेरै विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने भएको छ ।

बेलायतको स्यालफोर्ड विश्वविद्यालयले विद्यार्थीहरुलाई पोकेमोन गो का बारेमा अनौठो कोर्स सुरु गर्दैछ ।

त्यसैले अब पोकोमोन गो का पारखीहरु सायद उक्त विश्वविद्यालयमा ताँती लाग्नेछन् । किनकी अब कसैले पनि उनीहरुलाई पोकेमोन नखेल पढाइमा ध्यान देउ भन्ने छैन ।

प्ाोकेमोन गो को पाठ्यक्रममा पढाइ हुने कक्षामा विद्यार्थीहरुलाई पोकोमोन खेल्ने पूर्ण स्वतन्त्रता हुनेछ ।

विश्वविद्यालयका अनुसार यो गेमले जिवनको खास अवस्थ्ितिमा एनिमेटेड क्यारेक्टरको भूीमका निर्वाह गर्दछ । जसले बिजनेस इन्फर्मेसन टेक्नोलोजी कोर्सलाई सजिलो बनाइदिन्छ ।

यद्यपि यो पाठ्यक्रमको आलोचना पनि भएको छ । यसले डिग्री तहको कोर्सको ओजलाई नै घटाइदिने आलोचकको भनाई छ ।

विश्वविद्यालयका प्राध्यापकहरु प्ाोकेमोन खेल्नमा माहिर नयाँ विद्यार्थीहरु भर्ना होउन् भन्ने चाहन्छन् ता की उनीहरुलाई पढाउन सजिलो होस् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार