बुढापुराना मानिसहरु दिनहुँ केटाकेटीलाई भूतको किस्सा सुनाइरहन्छन्। त्यही भएर नै होला कतिलाई ठूलो हुँदासम्म भूतप्रेतमा विश्वास लागिरहन्छ। थाइल्याण्डमा हालै यस्तै भिडियो भाइरल भएको छ जसमा दुर्घनामा मारिएकी एक युवती भूत बन्छिन्।

भाइरल बनेको भिडियोमा एक मोटरसाइकल र कार एउटा चोकमा ठक्कर खान्छन्। अचानक भएको सो खतरनाक दुर्घटनामा मोटरसाइलमा सवार युवतीको तत्काल मृत्यु हुन्छ। युवतीको मृत शरीर सडकको एकछेउमा पुग्छ र लडिरहेको युवतीको शरीरबाट एउटा कालो छाँया उभिन्छ, जसलाई युवतीको आत्मा/ भुत भएको बताइएको छ।  दुर्घटनापछि मानिसहरु एकजुट हुन्छन्। तर आत्मा टसमस हुँदैन।

इन्टरनेटमा सो भिडियोलाई लाखौँ मानिसले हेरिसकेका छन् र धेरैले फोटोसपको माध्यमबाट उल्लु बनाउन खोजिएको भन्दै भिडियोको आलोचना गरेका छन्। एजेन्सी

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार