श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले बिप्रेषणले देश बन्छ भन्ने पक्षमा आफु नरहेको बताएका छन् । वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २४ औं साधारण सभामा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

‘बिप्रेणले देश अब बढीमा १० देखि १५ वर्ष भन्दा चल्दैन’, उनले भने, ‘यसको विकल्प खोज्नैपर्छ । सधैँ वैदेशिक रोजगारीले देश चलाउने होइन, युवालाई स्वदेशमा रोजगारी सृजना गर्न सक्नुपर्छ ।’

नि:शुल्क भिसा टिकटले काम गरेन उनले निःशुल्क भिसा, निःशुल्क टिकट लागू गरिए पनि त्यो कार्यान्यवन हुन नसकेको गुनासो गरे । ‘निःशुल्क भिषा, निःशुल्क टिकट व्यवहारिक रुपमा लागू भएको भए वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्नुपर्ने थियो’, उनले भने, ‘रेमिट्यान्स बढ्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।’

वैदेशिक रोजगार ऐन संशोधनको तयारी

सभामा श्रम सचिव लक्ष्मण प्रसाद मैनालीले वैदेशिक रोजगार ऐन-२०६४ संशोधनको अन्तिम तयारीमा रहेको बताउँदै केही समयमै संसदमा टेबुल हुने बताए । ऐन संशोधनको तयारीमा रहेको जानकारी गराउँदै उनले व्यवसायीले जे भन्यो त्यही अनुसार संशोधन हुन नसक्ने बताए ।

यता वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगार व्यवसायी संघ राज्यको नियम कानून मान्दिनँ भन्दै हिँड्नेहरुलाई त्यस्तो नगर्न चेतावनी दिए ।

मनपरी गर्न पाइँदैन

‘नियम कानून सबैले मान्नु पर्छ । कुनै विषयमा कमी कमजोरी भएमा समाधान गर्न पहल गर्ने हो । सघंले व्यवसायीहरुलाई भड्काउने काम गर्ने हैन’, उनले भने, ‘यसले व्यवसायीहरुलाई गलत काम गर्न प्रश्रय दिन्छ । सरकारले लागू गरेको निर्णय कार्यान्वयन गर्दिनँ भन्नु गैर जिम्मेवारीपना हो ।’

उनले तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङको पालमा निःशुल्क भिसा-टिकट योजना व्यावसायीहरुकै सहयोगमा सरकारले लागू गरेको बताए ।

फ्री भीसा, फ्री टिकटले गरी खान गाह्रो

कार्यक्रममा संघका अध्यक्ष विमल ढकालले तत्कालीन सरकारले सुरु गराएको निःशुल्क भिसा र निःशुल्क टिकटले वैदेशिक रोजगारीको क्षेत्र अस्तव्यस्त भएको भन्दै कुनै हालतमा लागू हुन नसक्ने बताए ।

क्षेत्राधिकार मिचेर प्रहरी छापामार शैलीमा उत्रियो

विभागले गरेको अनुगमन छापामार शैलीमा भएको भन्दै तत्काल अनुगमन रोक्न आग्रह गरे । ‘विभागले गरेका अनुगमन छापामार शैलीमा भइरहेको छ’, उनले भने, ‘व्यक्तिगत स्वार्थ पुरा भए कारबाही नगर्ने र स्वार्थ पुरा नभएको खण्डमा कारबाही गर्ने गरिएको छ ।’

अनुगमनको नाममा प्रहरीले आफ्नो क्षेत्राधिकार मिचेर छापामार शैली अनपनाएको भन्दै उनले तत्काल यसलाई रोक्न आग्रह गरे । संघका महासचिव रोहन गुरुङले विभागले लागू गर्न लागेको अनलाइन प्रणालीले यो क्षेत्रलाई व्यवस्थित बनाउने बताए । यो प्रणालीमा स्वास्थ्य र अभिमुखीकरणलाई पनि समावेश गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार