दसैं होस या अन्य चाडपर्वमा मासुको निकै नै खपत हुने गर्दछ । दसैँको समयमा मासुको उपभोग धेरै हुने गर्दछ । मासु धेरै उपभोग हुने भएकाले मासु पकाउने बेलादेखि ध्यान दिनु जरुरी छ ।

मासु पकाउँदा एकैपटक तेल, बेसार, नुन, मसला मोलेर मन्द आँचमा पकाउनु पर्दछ । मासु उसिनेरभन्दा बफ्याएर पकाउनुलाई राम्रो मानिन्छ । मासुलाई सुख्खा तरिकाले फ्राइ गर्नु राम्रो मानिन्छ । सकेसम्म चिल्लो फालेर खानु स्वस्थकर हुनेछ ।
चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थका लागि निकै फाइदाजनक हुनेछ ।  सकेसम्म एकपटक प्रयोग गरिसकेको तेल अर्को पटक प्रयोग नगर्नु राम्रो मानिन्छ । मासु खाँदा पनि निकै ध्यान दिनु जरुरी छ ।

मासु खाँदा…
मासुखाँदा १२ घन्टामा १ सय ५० ग्राम मासु खानु स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । चाडबाडको समयमा मासुसँगै कोल्डड्रिंक्स पनि लिने गरिन्छ । कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि खासै हितकर मानिँदैन् ।

यसमा क्यालोरीको मात्रा शून्य हुन्छ । खाली पेटमा सेवन गर्दा त्यसमा भएको फस्फोरिक एसिडका कारण ढ्याउँ–ढ्याउँ आउँने गर्दछ ।

विज्ञहरुका अनुसार नियमित प्रयोगले हड्डी खिइनुका साथै दाँतको इनामेलमा असर गर्दछ । तसर्थ कोल्डड्रिंक्स लिने समयमा निकै सचेत बन्नु पर्दछ ।

दसैँमा घरमा नै चौपाय बध गर्ने भएकाले पालेको मासु सम्भवत सबैलाई मिठो लाग्ने गर्दछ । तर पोलेको मासु खाँदा निकै ध्यान पुर्याउनु पर्दछ । पोलेको मासु तथा सेकुवा अध्याधिक खाँदा पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना प्रवल हुने गर्दछ ।

मासुमा कार्सिनोजेनिक नामक तत्व बढी हुने गर्दछ । तसर्थ पोलेको मासु खाँदा निकै होस पुर्याउनु पर्दछ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार