बीउ–बिजन उत्पादन तथा वितरण कृषि समूहले काठमाडौंको तारकेश्वर नगरपालिका–७ जितपुरमा खुमल ४ र १० जातको धानको बीउ उत्पादन सुरु गरेको छ । समूहका अध्यक्ष लोकनाथ जमरकट्टेलले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सहयोगले अफूहरूले धानको बीउ उत्पादन गर्ने अवसर पाएको बताए ।

बिहीबार कृषि तथा खाद्य सुरक्षा आयोजनाको सहयोगमा नार्कअन्तर्गत बाली विज्ञान महाशाखाले सञ्चालन गरेको खेत निरीक्षण तथा अनुगमन कार्यक्रमका क्रममा भेटिएका कृषकहरूले बीउ उत्पादन गर्न पाउँदा गर्व महसुस भएको बताए ।

अध्यक्ष जमरकट्टेलले समूहमा आबद्ध कृषकले ३ हेक्टरमा धानको बीउ उत्पादन गरेको बताए । “दुई हेक्टरमा खुमल १० र १ हेक्टरमा खुमल ४ धानको जातको बीउ उत्पादन गर्दै छौं,” उनले भने ।

नार्कले विगतदेखिनै किसान आबद्ध सहकारी संस्था तथा समूहसँग सहकार्य गरी किसानहरूकै खेतमा धान, गहुँलगायतको बीउ उत्पादन गर्दै आएको छ ।

नार्कले प्रजनन् बीउ उत्पादन गरेपछि सुरुवात परीक्षण पनि उसैले गर्छ । त्यसपछि मूल बीउको उत्पादन विस्तार गर्न किसान सहकरी तथा समूहको सहयोगले विउको उत्पादन वृद्धि गरिन्छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित सिद्धि कृषि सहकारीका अध्यक्ष पुण्यराम डुमरुले विगत एक दशकदेखि विभिन्न जातका धानको विउको उत्पादन गरिरहेको बताए । अहिले ८६ रोपनी जमिनमा ‘चाइनुङ २४२’ र खुमल ८ जातको धानको  बीउ उत्पादन गर्न लागिएको जानकारी दिए ।

“विउ उत्पादनका लागि ब्याड राखेदेखि नै नार्कलगायतका संस्थाहरूले धान रोप्ने, गोड्ने र टिप्नेलगायतका काम सिकाउँछन्” उनले भने “उत्पादित बीउको मूल्यसमेत केही महँगो हुन्छ ।”

“ब्याड राख्ने बेलामा एक प्रतिशत पनि अन्य विउ मिसिन दिन हुँदैन,” उले भने, “अरू बीउ मिसिए उत्पादनमा ठूलो असर पु¥याउँछ ।”

विउ उत्पादन गर्ने खेतमा मिसावट हुन नदिन जोतेर, चिस्यान बनाएर हप्ता दिनसम्म छोड्नुपर्ने उनको सुझाब छ । साथै छोडिएको केही दिनमा उम्रने नाभो लगायतका विरुवाली नष्ट गरी नयाँ लगाउन उत्तम हुन्छ ।

बाली विज्ञान महाशाखाका अनुसार किसानस्तरमा सुलभ तरिकाले विउ उपलब्ध गराउन उनीहरू माझ गुणस्तरीय बीउ उत्पादन तथा उपलब्ध गराउने उद्देश्यले उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरको ७ हेक्टरमा बीउ उत्पादन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार